म्यानपावर कम्पनीहरूको वर्गीकरण गर्न कार्यदल गठन 

म्यानपावर कम्पनीहरूको वर्गीकरण गर्न कार्यदल गठन 
फाइल तस्बिर

काठमाडौं : सरकारले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) लाई वर्गीकरण गर्ने तयारी गरेको जनाएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीहरूको वर्गीकरण गर्न सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य छन्। कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचकहरू तयार गर्ने श्रम मन्त्री कृष्णकुमार श्रेष्ठको निजी सचिवालयले जनाएको छ। 

वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउँदै ठोस सुधारका लागि वर्गीकरण गर्न लागिएको मन्त्री श्रेष्ठको सचिवालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ। नेपालमा अहिले करिब ८ सय ६० वटा म्यानपावर कम्पनी छन्।

माघ २१, २०७८ शुक्रबार ०७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।