देशका धेरै ठाउँमा असिनासहितको वर्षा

काठमाडौं : देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार दिउँसो देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ र असिना सहित हल्का देखि मध्यम वर्षा हुने अनुमान विभागले गरेको छ।
गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले मौसम बुलेटिन निकालेर जानकारी दिएको छ।
शुक्रबार राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, असिना हल्का देखि मध्यम वर्षा हुने विभागले अनुमान गरेको छ।
विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
माघ २१, २०७८ शुक्रबार ०७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।