माताको आवरणमा यातना दिने रोशनी जेल चलान

काठमाडौँ : झारफुकका नाममा बालिकाको हत्या गरेको अभियुक्त माता भनिने उमा शाही ठकुरी पुर्पक्षका लागि कारागार चलान भएकी छिन्।
उपचारको बहानामा सिन्धुपाल्चोककि १४ वर्षिया किशोरीलाई यातना दिँदा उनको मृत्यु भएपछि ठकुरी पक्राउ परेकी थिइन्। बिहीबारको थुनछेक बहसमा काठमाडौँ जिल्ला अदालतले उनलाई मुद्दा अन्तिम किनारा नलागेसम्म कारागारमा राख्न आदेश दिएको हो।
घटना संलग्न भनिएका अर्का एक जना नाबालक रहेकाले बाल सुधार गृह पठाइएको छ। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–७ बस्ने १४ वर्षीया रोशनी श्रेष्ठलाई गत पुस २४ गते माता शाहीले झारफुकका नाममा चरम यातना दिँदा उनको मृत्यु भएको थियो।
माघ २१, २०७८ शुक्रबार ०५:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।