न्यून चापीय प्रणालीको असर: काठमाडौं उपत्यकामा वर्षा

काठमाडौंः पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण यतिबेला काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा वर्षा भइरहेको छ। सामान्य चट्याङसहित उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना पनि रहेको छ।
केही दिन यता देशभरको मौसममा बदली भएको छ। यो प्रणाली शनिबारसम्मै कायम रहने महाशाखाले जनाएको छ।
माघ २०, २०७८ बिहीबार २२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।