सिके राउतको जनमत पार्टीका २६ कार्यकर्ता पक्राउ

सिके राउतको जनमत पार्टीका २६ कार्यकर्ता पक्राउ

सिरहाः प्रहरीले सिके राउत नेतृत्त्वको जनमत पार्टीका २६ जना कार्यकर्तालाई पक्राउ गरेको छ। सवारी साधनमा तोडफोड गरेको भन्दै आज सिरहाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया, गोलबजार, चोहर्वा, धनगढी, लहानलगायत स्थानमा सवारी साधन तोडफोड गर्ने र राजमार्ग बन्द गराउने गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले बताए। 

बुढाथोकीका अनुसार मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना४ख १७९८ नम्बरको ट्याङ्करमा ढुङ्गामुढा गरी तोडफोड गर्ने क्रममा १३ जना र बाँकी अन्य ठाउँबाट पक्राउ परेका हुन्। यसबीच पार्टीका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप हुँदा एक प्रहरी हवल्दार सामान्य घाइते समेत भएको सिरहा प्रहरीले जनाएको छ।

जनमत पार्टीले किसानको माग सम्बोधन नभएको भन्दै आजदेखि पूर्वपश्चिम राजमार्गमा बन्द आह्वान गरेको थियो।

माघ २०, २०७८ बिहीबार २१:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।