अर्थमन्त्रीको आग्रह: ‘डिजिटल नेटवर्किङ’मा नलाग्नु, लागेको भए तत्काल छोड्नु

काठमाडौंः अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा संलग्न नहुन आग्रह गरेका छन्। माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अर्थमन्त्री शर्माले यस प्रकारका व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका थिए।
डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेको भन्दै उनले यसलाई गैरकानूनी भएको पनि बताएका हुन्।
माघ २०, २०७८ बिहीबार १९:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।