पाल्पाका कृष्णबहादुर कार्की नेप्सेको सीईओ नियुक्त

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सीईओमा कृष्णबहादुर कार्की नियुक्त भएका छन्। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो।
नेप्सेका पूर्वसीईओ चन्द्रसिंह साउदले पदको दुरुपयोग गर्दै सर्वोत्तम सिमेन्टको इन्साइडर ट्रेडिङ्ग गरेपछि उनले पदबाट राजीनामा दिएका थिए। त्यस यता रिक्त पदमा कार्की नियुक्त भएका हुन्।
पाल्पा स्थायी घर भएका कार्की यसअघि नेपाल सरकारको उपसचिव पदमा कार्यरत थिए। हाल उनी सेवा निवृत्त भइसकेका छन्।
माघ २०, २०७८ बिहीबार १९:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।