गठबन्धन संसदीय निर्वाचनसम्मै, एमसीसी परिमार्जनसहित पारित गर्नुपर्छ: प्रचण्ड

गठबन्धन संसदीय निर्वाचनसम्मै, एमसीसी परिमार्जनसहित पारित गर्नुपर्छ: प्रचण्ड

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच दलीय गठबन्धन आगामी संसदीय निर्वाचनसम्मै कायम रहने बताएका छन्। आज कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमलाई भर्चुअलरूपमा सम्बोधन गर्दै प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने दावी गरेका हुन्।

'अहिले गठबन्धन टुट्दैन। संसदीय निर्वाचनमा गठबन्धन गरेरै जाने हाम्रो कुरा छ। एमसीसीबारे पार्टीहरूका आ–आफ्नै कुरा छन्। कतिपय पारित गरिहाल्नुपर्छ भन्नेमा हुनुहुन्छ, परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ। जे गरे पनि सल्लाहले नै गर्छौं', उनले भने। 

एमसीसीलाई सत्तासँग साट्न नसकिने भन्दै माओवादीका नेताहरूले प्रचण्डलाई दबाब दिँदै आएका छन्।

माघ २०, २०७८ बिहीबार १७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।