दाङका कोरोना सङक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु

दाङका कोरोना सङक्रमितको बाँकेमा उपचारका क्रममा मृत्यु

दाङः जिल्लाका एक कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ। शान्तिनगर गाउँपालिका–२ का ८० वर्षीय एक वृद्धको मृत्यु भएको हो।

गत माघ १६ गते पीसिआर परीक्षणमा उनमा सङ्क्रमण पाइएको थियो। गए राति १२ बजे उपचारका क्रममा उनको मृत्यु भएको बाँकेका कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिए।

माघ २०, २०७८ बिहीबार १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।