लोकसेवाका स्थगित परीक्षा फागुन ६ गतेबाट सञ्चालन हुँदै

लोकसेवाका स्थगित परीक्षा फागुन ६ गतेबाट सञ्चालन हुँदै

काठमाडौंः लोकसेवा आयोगको परीक्षाहरू आगामी फागुन ६ गतेबाट सुरु हुने भएको छ। कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएको भन्दै आयोगले परीक्षाहरू स्थगन गरेको थियो।

आयोगको बुधबारको बैठकले उपसचिव र सोसरहका विभिन्न सेवाका ७८ पदका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। स्थगन भएका उपसचिव वा सोसरह (अप्राविधिक/प्राविधिक), शाखा अधिकृत वा सोसरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका परीक्षा फागुन ६ गतेदेखि सुरु हुने छन्।

यस्तै न्याय, कानून, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, राजश्व, सङ्घीय संसद्, आर्थिक योजना तथा तथ्याङ्क, इञ्जिनियरिङ, सिभिल, जनरल, हाइवे, इरिगेशन, हाइड्रोपावर, हाइड्रोलोजी, मेटेरियोलोजी, सर्भे, वन, शिक्षा, माइनिङ, कृषि, पुस्तकालय विज्ञान, स्यानिटरीलगायत सेवाका समेत परीक्षा हुने सूचनामा जनाइएको छ।

यस्तै सर्वोच्च अदालत र उच्च अदालतमा रिट निवदेन परी अदालतको आदेशअनुसार स्थगन भएका परीक्षाहरूको हकमा भने अदालतबाट आदेश हुनासाथ पुनः तालिका निकालेर स्वास्थ्य सुरक्षा मापदण्डअनुरूप परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ।

माघ २०, २०७८ बिहीबार १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।