सकारात्मक करेक्सन गर्दै बन्द भो सेयर बजार

सकारात्मक करेक्सन गर्दै बन्द भो सेयर बजार

काठमाडौँ : बिहीबार नेप्से सूचक १४.५८ अङ्कले घटेर २८७६.७५ विन्दुमा पुगेको छ।  सूचक घटे पनि कारोबार रकम बढेर ८ अर्ब ६१ करोड रुपैयाँ पुग्यो।

बिहीबार २ कम्पनीको सेयर सकारात्मक सर्किट लाग्ने गरी कारोबार भएको थियो। तर नाफा लिन सक्रिय कारोबारीका कारण नेप्से सूचक भने उकालिएन।

बजार प्रारम्भमा उकालो लागेको थियो। तर बिस्तारै नाफा बुक गर्नेहरू हाबी हुँदै गए। थोरै नाफामा पनि सेयर बेच्न राजी हुने कारोबारी हावीहुँदा नेप्से सूचक ओरालो लागेर बन्द भयो।

बजारमा अधिकांश उपसूचक घट्दा हाइड्रोपावर र निर्जीवन बिमा उपसूचक सामान्य बढेको छ। बिहिबारको बजारमा १९१ कम्पनीको सेयर कारोबारमा आएकोमा १३७ कम्पनीको सेयर मूल्य घट्दा ४५ कम्पनीको सेयर मूल्य बढेको छ। नौ कम्पनीको सेयर मूल्य स्थिर भयो।

बिहीबार यो साताको अन्तिम कारोबारको दिन गत साताको तुलनामा बजारमा सामान्य करेक्सन भने भएको छ। गत बिहीबार २ हजार ७७९.९८ विन्दुमा पुगेर नेप्से सूचक रोकिएको थियो। यो साता यो २८७६ मा पुगेर बन्द भएको छ।

माघ २०, २०७८ बिहीबार १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।