ब्राजिलियन स्टार फुटबलर नेयमारलाई साम्बा गोल्ड अवार्ड

एजेन्सीः ब्राजिलका स्टार फुटबलर नेयमारले साम्बा गोल्ड अवार्ड जितेका छन्। विदेशी क्लबमा उत्कृष्ट प्रदर्शन गर्ने ब्राजिलियन खेलाडीलाई दिइने यस अवार्ड नेयमारले पाँचौँ पटक जितेका हुन्।
यसअघि सन् २०२० को साम्बा गोल्ड अवार्ड पनि नेयमारले नै जितेका थिए। यस्तै सन् २०१४, २०१५ र २०१७ मा पनि नेयमारले अवार्ड हात पारेका थिए। फ्रेन्च क्लब पीएसजीबाट क्लब फुटबल खेल्दै आएका नेयमार गत नोभेम्बरदेखि भने खुट्टामा भएको चोटका कारण मैदान बाहिर छन्।
नेयमारले सन् २०२१ मा कुल ४६ खेल खेले। यस अवधिमा उनले १७ गोल र १७ असिस्ट गरे।
माघ २०, २०७८ बिहीबार १४:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।