दुई महिनामै पैसा दोब्बर हुने भन्दै ठगी गर्ने तीन जना पक्राउ

दाङः जिल्ला प्रहरी कार्यालय दाङले नेटवर्क व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेका तीनै जनाको नाम गोप्य राखिएको छ। उनीहरू होटेल सञ्चालक भएको बताइएको छ।
उनीहरूले दुई महिनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति १५ देखि १८ हजारसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
माघ २०, २०७८ बिहीबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।