रुस र युक्रेन तनाव अन्त्य गर्न बुटवलमा शान्ति समाजको प्रदर्शन

रुस र युक्रेन तनाव अन्त्य गर्न बुटवलमा शान्ति समाजको प्रदर्शन

बुटवल : मानवअधिकार तथा शान्ति समाजले रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्य गर्न र युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रह बुटवलको चौराहामा प्रदर्शन गरिएको जनाएको छ। 

प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।   

‘युद्धमा कसैले पनि जित्दैनन्, पराजित केवल मानवता हुने गर्छ, युद्धमा सबैको  क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

माघ २०, २०७८ बिहीबार १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।