सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो 

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो 

काठमाडौँ : सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ। बुधबारको तुलनामा तोलाको पाँच सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार ९२ हजार ७ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यस्तै तेजाबी सुनको मूल्य तोलाको ९२ हजार २ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। 

चाँदीको भाउ भने घटबढ भएको छैन। चाँदीको भाउ बिहीबार पनि १२५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। 

माघ २०, २०७८ बिहीबार १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।