बर्दियामा बस दुर्घटना, ३५ जना घाइते

बर्दिया : बर्दिया बासगढी नगरपालिकामा ना ५ ख ५३८२ नम्बरको बस अनियन्त्रित भएर पल्टँदा ३५ जना घाइते भएका छन्। घाइते मध्ये ११ जनाको अवस्था गम्भीर छ।
प्रहरीले दुर्घटनाग्रस्त बसमा घाइते भएका ३५ जनाको उद्धार गरी कौशिल्या अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। ३५ जनामध्ये २४ जना सामान्य उपचार पश्चात् डिस्चार्ज भएका छन्।
घाइते ११ जनालाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए।
प्रहरीले बस चालक किसन सिंह खत्रीलाई नियन्त्रणमा लिएको जनाएको छ।
माघ २०, २०७८ बिहीबार ११:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।