ह्यापी होममा बेहोस, निःशुल्क अस्पतालमा मृत्यु

काठमाडौँ : काठमाडौँ क्षेत्रपाटीको ह्यापी होममा बेहोस भएका एक व्यक्तिको मृत्यु भएको छ। लमजुङ सुन्दर बजारका ३५ वर्षीय विदुर अधिकारीको क्षेत्रपाटी निःशुल्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
रामहरि थापाको सात तले घरको पाँचौ तलामा रहेको ५०२ नम्बर कोठामा अधिकारी बेहोस भएका थिए। प्रहरीका अनुसार बुधबार बेलुकी बेहोस भएका अधिकारीलाई उपचारका लागि क्षेत्रपाटी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।
अधिकारीलाई एक्कासि अचेत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। प्रहरीले मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
माघ २०, २०७८ बिहीबार ११:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।