दुई हजार अमेरिकी सैनिक यसै साता युरोप पुग्ने  

दुई हजार अमेरिकी सैनिक यसै साता युरोप पुग्ने  

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता दुई हजार सैनिकलाई पोल्यान्ड र जर्मनी पठाउने बताएका छन्।

रुसले युक्रेनमा आक्रमण गर्ने भन्दै अमेरिकी सेना पोल्यान्ड र जर्मनी उठाउन लागिएको पेन्टागनले जनाएको छ। 

रुसले भने युक्रेनमा आक्रमण गर्ने योजना नरहेको बताएको छ। युक्रेनको सीमा नजिक एक लाख सैनिक उतारेर तालिम दिएपछि अमेरिकाले आक्रमणको आशङ्का गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

अमेरिकाले थप सेना पठाउन लागेको जनाएको छ। पेन्टागनका प्रवक्ताले अमेरिकाका लागि नेटो र आफ्ना साझेदारहरूको चिन्ता हुने बताएका छन्। 

रुसी उपविदेशमन्त्री अलेक्जान्डर ग्रुस्कोले भने युरोपमा थप अमेरिकी सैनिकहरूको तैनाथीलाई विनाशकारी भनेका बीबीसीले जनाएको छ।

माघ २०, २०७८ बिहीबार ०८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।