विश्वकप क्रिकेटको उपाधिका लागि भारत र इंग्ल्याण्ड भिड्ने 

विश्वकप क्रिकेटको उपाधिका लागि भारत र इंग्ल्याण्ड भिड्ने 

काठमाडौं : भारत आइसिसी यु-१९ एक दिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ। वेस्टइन्डिजमा जारी प्रतियोगितामा अस्ट्रेलियालाई ९६ रनले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएका हो। 

अब उपाधिका लागि भारत र इंग्ल्याण्ड भिड्ने छन्। इंग्ल्याण्ड यसअघि नै फाइनलमा पुगिसकेको छ। अस्ट्रेलियासँगको खेलमा भारतका कप्तान यस धुलले ११० रनको शतकीय पारि खेले। उप कप्तान शेख रसिदले ९४ रन जोडे। 

२९१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४१ दशमलव ५ ओभरमा १९४ रन बनाएर रोकियो। फाइनल खेल फेब्रुअरी ५ तारिखमा हुने छ।

माघ २०, २०७८ बिहीबार ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।