राप्रपा निकट विद्यार्थी सङ्गठनको चेतावनी, एमसीसी सम्झौता संसदमा पेस भए प्रतिकारमा उत्रने  

राप्रपा निकट विद्यार्थी सङ्गठनको चेतावनी, एमसीसी सम्झौता संसदमा पेस भए प्रतिकारमा उत्रने  

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले ५५ अर्बको एमसीसी सम्झौता स्विकार्नु भन्दा एनसेलसँग ७५ अर्ब राजस्व उठाउन उपयुक्त हुने बताएको छ।

अध्यक्ष धनसुर शाहीले बिज्ञप्ति निकालेर एमसीसी परियोजना संसदबाट अनुमोदन हुने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गरेका छन्। 

एमसीसी सम्झौता अविलम्ब खारेज गर्न राप्रपाको विद्यार्थी सङ्गठनले सरकारसँग माग पनि गरेको छ। राष्ट्रहित विपरीत कुनै पनि गतिविधि नगर्न सरकारमा सामेल गठबन्धनका दलहरू र प्रतिपक्षहरूलाई खबरदारी गर्दै अध्यक्ष शाहीले सम्झौता अनुमोदनका लागि संसदमा पेस भए सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएका छन्।

माघ १९, २०७८ बुधबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।