एमसीसीसँग सम्बन्धित कुनै पनि दस्ताबेज गोप्य छैन: एमसीए

एमसीसीसँग सम्बन्धित कुनै पनि दस्ताबेज गोप्य छैन: एमसीए

काठमाडौंः मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए-नेपाल)ले एमसीसीसँग सम्बन्धित कुनै पनि विषय वा दस्ताबेज गोप्य नरहेको जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै एमसीए-नेपालले विभिन्न सञ्चारमाध्यममा एमसीसीसम्बन्धित गोप्य र लुकाइएका दस्तावेज प्राप्त भएको समाचारको खण्डन गर्दै यस्तो बताएको हो।

यसअघि सत्ता साझेदारको सोमबारको बैठकमा एमसीसीका हस्ताक्षरकर्तामध्येका एक सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसीको व्यहोरा फेरिएको जानकारी दिएको समाचार पनि आएको थियो। सोमबार नै एक कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता भीम रावलले एमसीसी सम्झौता गोप्यरूपमा गरिएको र संसद्मा टेबुल गर्ने बहस भएपछि थाहा भएको बताएका थिए।

यस्तै एमसीए-नेपालले गोप्य भनिएको सबैखाले दस्ताबेज एमसीसीसँग गरिएको सम्झौता नभएको पनि जनाएको छ।

माघ १८, २०७८ मंगलबार १९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।