मैत्रिपूर्ण खेलमा नेपाल विजयी, किरण बने 'म्यान अफ द म्याच'

मैत्रिपूर्ण खेलमा नेपाल विजयी, किरण बने 'म्यान अफ द म्याच'

काठमाडौंः नेपालविरुद्ध मौरिसियसबीचको दोश्रो मैत्रिपूर्ण खेलमा नेपाल विजयी भएको छ। केही बेरअघि सम्पन्न खेलमा नेपाल १-० गोलअन्तरले विजयी भएको हो।

नेपालका लागि खेलको १०औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक रह्यो। यस्तै लगत्तै पाएको पेनाल्टीको अवसर सदुपयोग गर्न नसक्दा मौरिसियसले यसको मूल्य चुकाउनु पर्यो। 

खेलको पहिलो हाफमा दुवै टोलीले सामान्य प्रदर्शन गरे पनि दोश्रो हाफमा भने दुवै टोली आक्रामक देखिए। खेलको ६९औं मिनेटमा नेपालका अञ्जन विष्टलाई फल गरेपछि खेलमा तनावको स्थिति सृजना भएको थियो। रेफ्री नवीन्द्र महर्जनले नेपालका एक र मौरिसियसका दुई खेलाडीलाई रातो कार्ड दिएका थिए।

यस्तै निर्धारित ९० मिनेटको खेल सकिएपछि फ्लड लाइटमा समस्या देखिएको थियो।

आजको खेलमा 'म्यान अफ द म्याच' भने किरण चेम्जोङ भएका छन्। उत्कृष्ट पेनाल्टी सेभ र अन्य थुप्रै मौरिसियसको प्रहारलाई बचाउ गरेका चेमजोङ आजको उत्कृष्ट खेलाडी भएका हुन्। 

नेपालमा पहिलो पटक खेल्न आएको अफ्रिकी देश मौरिसियसले भने नमीठो आतिथ्य अनुभव लिएर फर्किने भएको छ।

माघ १८, २०७८ मंगलबार १९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।