उज्यालो नपुगेपछि खेल केही बेर अवरुद्ध, दर्शकले प्यारापिटबाट बाले मोबाइलको लाइट

उज्यालो नपुगेपछि खेल केही बेर अवरुद्ध, दर्शकले प्यारापिटबाट बाले मोबाइलको लाइट

काठमाडौंः नेपाल र मौरिसियसबीच जारी दोश्रो मैत्रिपूर्ण फुटबल खेल केही बेर अवरुद्ध भएको छ। रङ्गशालामा रहेको फ्लड लाइटमा समस्या आएपछि खेल अवरुद्ध भएको हो।

उज्यालो पर्याप्त नभएर खेल अवरुद्ध भएपछि दर्शकले प्यारापिटबाट मोबाइलको लाइट बालेका थिए। उनीहरू 'नेपाल नेपाल' भन्दै हुटिङ गर्दै मोबाइलको प्रकाश बालिरहेका थिए।

नेपाल र मौरिसियसबीच दुई मैत्रिपूर्ण खेल आयोजना भएको हो। पहिलोमा नेपाल १-० गोलअन्तरले विजयी भएको थियो भने दोश्रोमा पनि हालसम्म नेपालले १ गोलको अग्रता कायम गरेको छ। 

हाल खेलको निर्धारित समय सकिइसकेको छ। खेलमा ८ मिनेटको इन्जुरी टाइम थप गरिएको छ।

माघ १८, २०७८ मंगलबार १८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।