५५८३ नयाँ सङ्क्रमित फेला, ९ जनाको मृत्यु

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार पाँच सय ८३ जनामा सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही बेरअघि सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ।
योसहित नेपाल हाल कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ७४ हजार ६ सय ५३ जना रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा ८ हजार दुई सय ६७ जना सङ्क्रमणमुक्त पनि भएका छन्। हाल निको हुने दर ९१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कुल १७ हजार ६ सय ७४ जनामा कोरोना परीक्षण गरिएको थियो। हाल नेपालमा एक सय ३७ जना क्वारेन्टिनमा रहेका छन्।
माघ १८, २०७८ मंगलबार १७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।