सेयर बजारको पुँजीकरण ४० खर्ब ८६ अर्ब नाघ्यो

सेयर बजारको पुँजीकरण ४० खर्ब ८६ अर्ब नाघ्यो

काठमाडौँ :  मङ्गलवार नेप्से १९ दशमलव २९ अङ्कले बढेसँगै सेयर बजारको पुँजीकरण पनि ४० खर्ब ८६ अर्ब नाघेको छ। मङ्गलवार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो। नेप्से परिसूचक १९ दशमलव २९ अङ्कले बढेर दुई हजार ८९१ दशमलव ३३ अंकमा पुगेको छ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ९८ अङ्कले बढेको छ। मङ्गलवार कारोबार खुलेसँगै बजार घट्ने क्रम सुरु भएको थियो।

मध्यान्ह १२ बजेपछि मात्र बजार उकालो लाग्न थालेको थियो। बिचमा उतारचढाव भए पनि बजार बन्द हुँदा बढेर बन्द भयो।

मङ्गलवार दिनभर भएका ८० हजार ८२९ कारोबारबाट एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर किनबेच भयो। कुल कारोबार रकम ६ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ पुग्यो।

माघ १८, २०७८ मंगलबार १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।