नेपालले गर्‍यो पहिलो गोल, किरणले रोके मौरिसियसको पेनाल्टी

नेपालले गर्‍यो पहिलो गोल, किरणले रोके मौरिसियसको पेनाल्टी

काठमाडौंः नेपालले जारी मैत्रिपूर्ण फुटबल खेलमा पहिलो गोल गरेको छ। नेपालका लागि सुजल श्रेष्ठले गोल गरेका हुन्।

खेलको १०औं मिनेटमा नेपालले कर्नर किक प्राप्त गरेको थियो। नवीन गुरुङले प्रहार गरेको कर्नरमा सुजलले 'वान टच' गोल गरेका हुन्। 

त्यसलगत्तै मौरिसियसले पेनाल्टी पाएको थियो। डी बक्सभित्र नेपालका दिनेश राजवंशीले मौरिसियसका एण्डी सोफीलाई लडाएका थिए। 

तर उनको पनाल्टी गोलकिपर किरण चेमजोङले रोके। हाल खेलमा नेपाल १-० गोलअन्तरले अघि छ।

माघ १८, २०७८ मंगलबार १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।