नेपालविरुद्ध मौरिसियस: यी हुन् सुरुआती ११ खेलाडी, विमल परेनन्

नेपालविरुद्ध मौरिसियस: यी हुन् सुरुआती ११ खेलाडी, विमल परेनन्

काठमाडौंः नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मौरिसियससँग दोश्रो मैत्रिपूर्ण फुटबल खेल्दैछ। खेल नेपाली समयअनुसार अपराह्न ४:४५ मा सुरु हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुन गइरहेको खेलको सुरुआती ११ खेलाडी सार्वजनिक भएका छन्। आज गोलकिपर किरण चेमजोङको कप्तानीमा नेपाली टोली मैदान प्रवेश गर्नेछ। नेपाली टोलीको रक्षापङ्क्तिमा सुजल श्रेष्ठ, दिनेश राजवंशी, नवीन गुरुङ र देवेन्द्र तामाङ रहनेछन्। 

यस्तै मध्यपङ्क्तिबाट एरिक विष्ट, तेज तामाङ र पुजन उपरकोटीले खेल्नेछन्। अग्रपङ्क्तिमा भने अन्जन विष्ट, आशिष लामा र दर्शन गुरुङ रहनेछन्।

यसअघिको खेलमा नेपालले मौरिसियसलाई १-० गोलअन्तरले पराजित गरेको थियो। नेपालका लागि गोल गर्दै जित दिलाउने विमल घर्ती मगर आजको खेलमा भने सुरुआती ११ मा छैनन्। 

माघ १८, २०७८ मंगलबार १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।