आईपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्र, मूल्य ४० लाख भारु

काठमाडौंः चर्चित फ्रेन्चाइज क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल)मा नेपालबाट केवल सन्दीप लामिछाने अक्सनमा छानिएका छन्। यसअघि क्यानले नेपालका तर्फबाट १५ खेलाडीको नाम अक्सनका लागि दर्ता गराएको थियो।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आज अक्सनका लागि सार्वजनिक गरेको खेलाडीहरूको सूचीमा नेपालबाट सन्दीप मात्र समावेश छन्।लेग स्पीनर सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु राखिएको छ। सर्वप्रथम उनी २० लाख भारुमा दिल्ली डेयरडेभिल्ससँग अनुबन्धित भएका थिए।
अक्सनका लागि कुल एक हजार दुई सय १४ खेलाडीले नाम दर्ता गराएकोमा पाँच सय ९० जना छानिएका छन्। यही फेब्रुअरी १२ र १३ मा अक्सन हुँदैछ।
माघ १८, २०७८ मंगलबार १६:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।