१३ वर्षीया बालिकालाई बलात्कार गर्ने मनिराम पक्राउ

बर्दियाः प्रहरीले बलात्कारको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका-६ बस्ने ४१ मनिराम थारु रहेका छन्।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई आइताबार प्रहरीले पक्राउ गरेको हो।
थारुले ती बालिकालाई गत बैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गर्नुका साथै बालिकालाई गर्भवती समेत बनाएको भन्ने खबर माघ १६ गते प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनीउपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
माघ १८, २०७८ मंगलबार १५:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।