जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न आयोगलाई प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ : स्थानीय तहको निर्वाचन जेठ ४ मा एकै चरणमा गर्नेबारे प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबिच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबिच छलफल भएको हो।
स्थानीय तहको निर्वाचनबारे सत्ता गठबन्धनका दलबिच सहमति भए पनि मिति भने तय भएको थिएन। मिति निर्धारण गर्न प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।
माघ १८, २०७८ मंगलबार १५:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।