स्थानीय तहको निर्वाचन एकै चरणमा, जेठ ५ भित्र गर्ने प्रधानमन्त्रीको दाबी

स्थानीय तहको निर्वाचन एकै चरणमा, जेठ ५ भित्र गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ५ भित्रै हुने खुलाएसँगै निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।

नेपाली कांग्रेस वाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा देउवाले निर्वाचन मिति खुलाएका थिए। भेटमा प्रधानमन्त्री देउवाले वर्तमान संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो साता नै निर्वाचन गर्ने तयारी भइरहेको बताएका थिए।

'ऐन संशोधन गर्न झन्झट छ, त्यसैले सकेसम्म ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्ने प्रयत्न भइरहेको छ, जेठको ५ गतेभित्रै स्थानीय तहको निर्वाचन हुन्छ, एकै चरणमा हुन्छ । भनेर प्रधानमन्त्रीले भन्नुभयो,'भेटमा सहभागी बागमती प्रदेशका उपसभापति मोहन बस्नेतले भने।

लगत्तै आजै प्रधानमन्त्री देउवाले चुनावी मितिको सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया लगायतका पदाधिकारीसँग भेट गर्ने भएका छन्। 

माघ १८, २०७८ मंगलबार १४:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।