मन्त्रीहरूलाई घेरा हालेर विद्यार्थीहरूले देखाए कालो झण्डा 

मन्त्रीहरूलाई घेरा हालेर विद्यार्थीहरूले देखाए कालो झण्डा 

मन्त्री निवास पुलचोकमा पुगेर अनेरास्ववियुका कार्यकर्ताले घेरा हालेर कालो झन्डा देखाएका हुन्। 

निवासबाट निस्केका मन्त्रीहरूलाई बाटो छेकेर कालो झन्डा देखाएको अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले बताए।

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेकाले बाटो छेकेर अवरोध गरियो उनले बताए।

माघ १८, २०७८ मंगलबार १२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।