बर्दियामा टिपरको ठक्करबाट आगो तापेर बसेका दुई जनाको मृत्यु

तस्बिर सांकेतिक
भे १ क १४९५ नम्बरको टिपरले रामु थारुको घर अगाडी आगो तापी बसेकाहरूलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षका सोमबहादुर बि.क. र ४५ वर्षकै रामु थारु रहेका छन्। रामुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको शाहीले जानकारी दिए।
सोमबार बेलुकी भएको घटनामा स्थानीय ३५ वर्षकी प्रमीला चौधरी, ४० वर्षकी चमेलिया थारु र टिपरका सहचालक सुर्खेत वीरेन्द्रनगर बस्ने १९ वर्षका लक्ष्मण सुनार घाइते भएका छन्।
माघ १८, २०७८ मंगलबार ११:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।