मोरिसससँगको दोस्रो मैत्रीपूर्ण खेल आज, दुई खेलाडी परिवर्तन 

मोरिसससँगको दोस्रो मैत्रीपूर्ण खेल आज, दुई खेलाडी परिवर्तन 

मोरिसससँगको दोस्रो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले दुई खेलाडी परिवर्तन गरेको छ। पहिलो खेलमा चोटका कारण खेल्न नपाएका मनिष डाँगी र दर्शन गुरुङले दोस्रो खेलमा स्थान बनाएका छन्।

मंगलबार हुने दोस्रो खेलको गोलरक्षकमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, सत्रुघन चौधरी छन्। डिफेन्डरमा गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, नवीन गुरुङ छन्।

यस्तै मिडफिल्डरमा सुरज ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, आशिष राई, एरिक विष्ट, सन्तोष तामाङ, सुभाष गुरुङ, पूजन उपरकोटी रहेका छन्। यस्तै फरवार्डमा अञ्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, सुशील राई, मनिष डाँगी, दर्शन गुरुङ नेपाली टोलीमा छन्। 

मोरिसससँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली विजयी भएको थियो। नेपाली टोली दोस्रो खेल पनि जित्ने मनोबलका लागि मैदान उत्रने तयारीमा छ।

माघ १८, २०७८ मंगलबार ०९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।