तनहुँमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु 

तनहुँमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु 

सोमबार राति लु १ ख ९८३२ नम्बरको ट्रकले  ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। 

ट्रकको ठक्करबाट मृत्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक छन्। मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ। ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

माघ १८, २०७८ मंगलबार ०८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।