१३ वर्षकी बालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाउने पक्राउ

थारुले बालिका घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाइ जबरजस्ती करणी गरेर गर्भवती बनाएको प्रहरीले जनाएको छ।
बालिकाको उपचार गराउने क्रममा गर्भमा बच्चा रहेको थाहा पाएको र माघ १६ गते पीडित बालिकाको गर्भबाट छोरीको जन्म समेत भएको उजुरी आएपछि थारुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
प्रहरीका अनुसार बर्दिया ठाकुरबाबा नगरपालिकाका थारुले बालिकालाई कोही कसैलाई भनेमा मारेर फालिदिन धम्की दिएका थिए। प्रहरीले थारुलाई पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसुरमा बर्दिया जिल्ला अदालत गुलरियाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।
माघ १८, २०७८ मंगलबार ०८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।