बुधबारबाट पश्चिमी वायुको प्रभाव बढ्ने सम्भावना

विभागले मौसम बुलेटिन निकालेर हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बुधबार रातिबाट प्रभाव बढ्ने सम्भावना रहेको जानकारी दिएको हो।
विभागका अनुसार हाल पहाडी भूभागको मौसम आंशिक बदली रही तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने अनुमान विभागले गरेको छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार राति प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
माघ १८, २०७८ मंगलबार ०७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।