उपत्यकाका विभिन्न स्थानबाट २५ हजार क्याप्सुल लागूऔषधसहित पाँच जना पक्राउ

उपत्यकाका विभिन्न स्थानबाट २५ हजार क्याप्सुल लागूऔषधसहित पाँच जना पक्राउ

पक्राउ पर्नेमा काठमाडौं सिफल बस्ने रामेछापका २५ वर्षीय सुनील भन्ने निमा दोर्जे शेर्पा, काठमाडौं गोकर्णेश्वर बस्ने बझाङका २९ वर्षीय उमेशकुमार केसी, काठमाडौं चावहिलस्थित कल्याणकारी मेडिकल हलका सञ्चालक सङ्खुवासभाका ३० वर्षीय पेम्वा शेर्पा, नुवाकोटका ३४ वर्षीय राजाराम दवाडी र काठमाडौं टोखा बस्ने लमजुङका ३८ वर्षीय बद्रिनाथ पौडेल छन्।

प्रहरीले निमाबाट ११५ ट्याब्लेट ट्रामाडोल र उमेशकुमारबाट २० हजार ७०० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ। साथै पेम्वा शेर्पाबाट २९० ट्याब्लेट लोबाजाम, १५३ ट्याब्लेट लोरी, १०० ट्याब्लेट निट्रेस्ट, ९० ट्याब्लेट जोलियुम, २७५ ट्याब्लेट कोडोट्याब, ३९० ट्याब्लेट क्लोजिप क्लोजिप, १४ ट्याब्लेट क्लोप्रियुम, ५१८ ट्याब्लेट पाज, २८५ ट्याब्लेट क्लोनाज, ३० ट्याब्लेट स्टागन र ५० ट्याब्लेट कोफटाब बरामद भएको छ। 

राजारामबाट बा११च १०१४ नम्बरको भ्यानमा ल्याएको १८० ट्याब्लेट लेभोनोरजेस्ट्रेल, ९० ट्याब्लेट अन्वान्टेड लेभोनोरजेस्ट्रेल, ८५० थान सफ्टजेल क्याप्सुल, ६७२ ट्याब्लेट बर्थ स्पेसिङ पिल्स, ३० वटा ल्याबोडर्म, १८४ ट्याब्लेट जेनेग्रा, १६० ट्याब्लेट जेनेग्रा रेड र ९० ट्याब्लेट प्रेगौट किक तथा बद्रिनाथ पौडेलबाट नगद १ लाख ४० हजार रुपैयाँ बरामद भएको छ।

बरामद औषधि, सवारीसाधन र नगदसहित उनीहरूलाई आवश्यक कानूनी कारबाहीको लागि औषधि व्यवस्था विभाग पठाइएको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।

माघ १७, २०७८ सोमबार २०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।