जमलमा पुस्तकालय भवन बन्न लाग्दा रवीन्द्र मिश्रको विरोध

उनले लेखेका छन्, "कस्तो दूरदृष्टिहीन नेतृत्त्व पाइयो! खुला ठाउँ जोगाउनु र सकिन्छ भने बढाउनु कुनै पनि शहरका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। हामीकहाँ खुला ठाउँ देख्नै हुँदैन। जमलको खुला ठाउँमा राष्ट्रिय पुस्तकालय, बसपार्कको खुला ठाउँमा भ्यूटावर, भैंसेपाटीको खुला ठाउँमा मन्त्री क्वाटर। थप्दै गए हुन्छ। यो भावी पुस्तामाथिको अपराध हो।"
२०७२ को भूकम्पपछि राष्ट्रिय पुस्तकालयको भवन बन्न सकेको थिएन। बोरामा थन्किएका पुस्तक कामै नलाग्ने अवस्थामा छन्। अस्थायी रूपमा सानोठिमीमा रहेको पुस्तकालय जमलमा लामो रस्साकस्सीपछि बन्न लागेको हो।
माघ १७, २०७८ सोमबार २०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।