लागूऔषध र नक्कली नोटसहित सुर्खेतबाट तीन जना पक्राउ

लागूऔषध र नक्कली नोटसहित सुर्खेतबाट तीन जना पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका – १० का २६ वर्षीय आसिस बैगार र २१ वर्षीय विवेक विक, भेरीगंगा नगरपालिका–९ का  २४ वर्षीय प्रमोद गुरुङ रहेका छन्।

प्रहरीले कर्णाली प्रदेश-००२-००१ख ००६३ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा गाडीमा सवार व्यक्तिहरूको साथबाट नाईट्राभेट ८८५ ट्याबलेट र नक्कली एक हजारका नेपाली नोट ९ वटा बरामद गरेको जनाएको छ।

कर्णाली प्रदेश प्रहरीका अनुसार हाल उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ।

माघ १७, २०७८ सोमबार १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।