कुनै पनि बहानामा निर्वाचन नसार्न बारको अपिल

कुनै पनि बहानामा निर्वाचन नसार्न बारको अपिल

“कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन”, विज्ञप्तिमा भनिएको छ, “कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानूनविपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ।”
     
नेपालको संविधानले स्थानीय तह, प्रदेश संसद् र सङ्घीय संसद्, राष्ट्रिय सभा लगायतका निकायको आवधिक निर्वाचनको व्यवस्था गरेको र त्यस्ता निकायको शून्यताको परिकल्पना संविधान र निर्वाचनसम्बन्धी कानुनले नगरेको भन्दै बारले नियमित निर्वाचनको लागि माग गरेको हो। 

“वालिग मताधिकारको आधारमा आवधिक निर्वाचनबाट नै वास्तविक लोकतन्त्रको रक्षा र सम्बर्द्धन हुने कुरामा कसैको दुई मत हुन सक्दैन”, प्रेस विज्ञप्तिमा भनिएको छ।

माघ १६, २०७८ आइतबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।