राष्ट्रिय सभा बैठक 'विशेष कारणवश' अनिश्चित

फाइल तस्बिर
संघीय संसद्का महासचिव भरतराज गौतमले आज एक विज्ञप्ति जारी गर्दै बैठकको अनिश्चितता बारे जानकारी गराएका हुन्।
‘मिति २०७८ साल माघ १७ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद्‚ राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली‚ २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ‚’ विज्ञप्तिमा भनिएको छ।
माघ १६, २०७८ आइतबार १५:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।