पचासौँ हजार ट्रक चालकले घर घेरेपछि क्यानडाका प्रधानमन्त्री 'सिक्रेट लोकेसन'मा

प्रदर्शन कोरोनाविरुद्धको खोपलाई लिएर भएको छ। प्रधानमन्त्री ट्रुडोको सरकारले अमेरिकाको सीमा पार गर्नलाई कोरोनाविरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने प्रावधान ल्याएपछि यतिबेला व्यापक विरोध भएको हो।
हाल उनी रहेको स्थानबारे केही जानकारी दिइएको छैन। ट्रक चालकहरू यसरी खोपलाई अनिवार्य बनाउनु स्वास्थ्यसँग सम्बन्धित नभएको र सरकारद्वारा नियन्त्रित गर्न ल्याएको बाध्यकारी नियम भएको उनीहरूको गुनासो छ।
यस्तै उनीहरूले यो बाध्यकारी नियमलाई फासिवादसँग पनि तुलना गरेका छन्।
माघ १६, २०७८ आइतबार १५:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।