चोरी भएको बालकुमारीको मूर्ति भेटाउनेलाई पाँच लाख पुरस्कार

गुठीले अपिल निकालेर मूर्ति खोजी कार्यमा सहयोग पुग्ने व्यक्ति वा संस्थालाई पाँच लाख भन्दा कम नहुने गरी पुरस्कारको व्यवस्था गरिएको जानकारी दिएको हो।
सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको परिचय गोप्य राखिने अपिलमा लेखिएको छ। चोरी भएको मूर्तिसम्बन्धी कुनै सूचना वा जानकारी प्राप्त भएमा ९८८१२१७७८६ नम्बरमा सम्पर्क गर्न गुठीले अनुरोध गरेको छ।
अहिलेसम्म मूर्ति भेटिएको जानकारी भने नआएको गुठीका कर्मचारीले बताए।
माघ १६, २०७८ आइतबार १४:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।