१० वर्षीया रिजवानाको हत्यामा संलग्न मोतीलाल पक्राउ

१० वर्षीया रिजवानाको हत्यामा संलग्न मोतीलाल पक्राउ

महानगरपालिका-१६ कञ्चचनजङ्गा स्कुल नजिक निर्माणाधीन भवनको चेपमा गत पुस २४ गते ढुंगा प्रहार भएको अवस्थामा ती बालिकाको शव फेला परेको थियो। घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनामा संलग्न कुर्मीलाई वीरगञ्ज महानगरपालिका-१६ ईनर्वास्थित नेपाल भारत सीमाबाट पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानमा कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले उक्त घटना गराएको खुल्न आएको छ। 

कुर्मीउपर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

माघ १६, २०७८ आइतबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।