इटालीमा ८० वर्षीय माटारेल्ला पुनः राष्ट्रपति निर्वाचित

इटालीमा ८० वर्षीय माटारेल्ला पुनः राष्ट्रपति निर्वाचित

एजेन्सीः इटालीमा सर्जियो माटारेल्ला पुनः राष्ट्रपति निर्वाचित भएका छन्। आठौं चरणको निर्वाचन नतिजाअनुसार उनी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन्।

यही फेब्रुअरीको पहिलो साता उनको कार्यकाल सकिँदै थियो। मतगणना जारी रहँदै मटारेल्लाले आवश्यक ५०५ मतको बहुमत प्राप्त गरेपछि उनी पुनः राष्ट्रपति निर्वाचित भएका हुन्। इटालीका प्रधानमन्त्री मारियो ड्राघी र सत्तारुढ दलका नेताहरूले ८० वर्षीय मटारेलालाई इटालीको राजनीतिक स्थिरताका लागि राष्ट्रपतिको पद स्वीकार गर्न आग्रह गरेका थिए।

यद्यपि उनले दोश्रो कार्यकाल पूरा सात वर्ष चलाउँछन् या चलाउँदैनन् भन्नेबारे प्रष्ट बताएका छैनन्। उनले सन् २०२३ को आम निर्वाचनपछि हालका प्रधानमन्त्री ड्राघीलाई पद हस्तान्तरण गर्नसक्ने बताइएको छ। 

माघ १६, २०७८ आइतबार १२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।