सामाजिक सञ्जालमा नलेख्न राप्रपाको विद्यार्थी सङ्गठनले गरायो सचेत 

सामाजिक सञ्जालमा नलेख्न राप्रपाको विद्यार्थी सङ्गठनले गरायो सचेत 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पार्टी र सङ्गठनमाथि आँच आउने विषय सामाजिक सञ्जालमा नलेख्न सचेत गराएको छ।

केन्द्रीय पदाधिकारीको बैठकपछि महासचिव एन्टी सङ्घर्ष राईले विज्ञप्ति निकालेर सामाजिक सञ्जालमा पार्टी र सङ्गठनमाथि आँच आउने विषय नलेख्न सचेत गराएका हुन्। 

विज्ञप्तिमा शैक्षिक माफियाका कारण युवाहरूको भविष्य धूमिल भएको लेखिएको छ। बैठकमा शैक्षिक माफियाले शैक्षिक क्षेत्र तहसनहस पारेको आरोप अध्यक्ष धनसुर शाहीले लगाएको विज्ञप्तिमा उल्लेख छ।

समावेशी नयाँ नेपाल निर्माण गर्ने भनेर सपना बाँड्ने दल र नेताहरूले जनतालाई झुक्क्याएको आरोप पनि उनले लगाए।

माघ १६, २०७८ आइतबार १२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।