सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ 

सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ 

काठमाडौँ : नेपाली बजारमा आइतबारका लागि सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यस्तै तेजाबी सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। 

चाँदीको भाउ शुक्रबारको तुलनामा तोलामा १५ रुपैयाँले घटेको छ। आइतबारका लागि चाँदी तोलाको १२ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। 

माघ १६, २०७८ आइतबार ११:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।