२२ देखि २६ हजारका रेडमी नोट ११ बजारमा

२२ देखि २६ हजारका रेडमी नोट ११ बजारमा

काठमाडौँ : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा रेड्मी नोट ११ लन्च गरेको छ।

रेडमी मोबाइल फोनको ब्याट्री टिकाउ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए। रेड्मी नोट ११ ले स्मूथ एनिमेसन र ल्याग फ्री ट्रान्जिसनहरूको साथ स्क्रिन अनुभवलाई अझ राम्रो बनाउने दाबी शाओमीले गरेको छ। 

रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्लुमा अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरूबाट उपलब्ध हुन थालेको शाओमीले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

शाओमीका अनुसार ६४ जीवी भेरियन्तको मूल्य २२ हजार ९९९, १२८ जीवी भेरियन्त २४ हजार ९९९ र १२८ जीवी भेरियन्त मोबाइल फोनको २६ हजार ९९९ रुपैयाँ पर्नेछ। 

माघ १६, २०७८ आइतबार १०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।