बजाज मोटरसाइकलको दाबी, ५५ मिनेटमा सर्भिसिङ  

बजाज मोटरसाइकलको दाबी, ५५ मिनेटमा सर्भिसिङ  

काठमाडौँ : बजाज मोटरसाइकलको वितरक हंसराज हुलास एन्ड कम्पनीले ललितपुरको कुपण्डोलमा गुसिङगाल सर्भिस सेन्टर खोलेको जनाएको छ। 

सेन्टरले एउटा मोटरसाइकलको सर्भिसिङ ५५ मिनेटमा सकिने दाबी गरेको छ। एक दिनमा ८० भन्दा बढी मोटरसाइकल सर्भिसिङ गर्न सक्ने क्षमता रहेको कम्पनीले निकालेको विज्ञप्तिमा लेखिएको छ।

बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगाल कुपण्डोलमा सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले उल्लेख गरेको छ। 

कम्पनीका जनरल म्यानेजर योगेन गुरुङका अनुसार सेन्टरबाट बजाज मोटरसाइकलको नयाँ अनुभव लिन सकिनेछ।  

माघ १६, २०७८ आइतबार १०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।